logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट आयो ६० लाख डोज मध्ये ८ लाख डोज भेरोसेल खोप, अर्कोआठ लाख पनि आजै आउने


अंकुरण खबर
1.053K
Shares

चीनबाट खरिद गरिएको कोरोना विरुद्धको ६० लाख डोज मध्ये ८ लाख डोज भेरोसेल खोप गएराति १२ बजे काठमाडौँ आइपुगेको छ ।

बुधबार विहान काठमाडौँबाट चीनको प्रान्तीय शहर तियनजीन पुगेको नेपाल एयरलायन्सको वाइडबडी जहाजले मध्यरात खोप काठमाडौँ ल्याइपु¥याएको हो ।

अब चीनबाट आउने भेरोसेल खोप मध्ये साढे तीन लाख  एक नम्बर प्रदेश  (विराटरगर) पौने चार लाख खोप दुई नम्बरमा, ५० हजार सात नम्बर प्रदेश  (धनगढी) र रहेको खोप काठमाडौं उपत्यका सहित तीन नम्बर प्रदेशमा राखिन स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले बताए ।

थापाका अनुसार बुधबार राति १२  खोप आइपुगेको र अहिले सो खोपलाई  अस्थायी व्यवस्थापन गरी अहिले टेकुस्थित खोप भण्डारमा राखिएको छ ।

चीनबाट आजै थप ८ लाख खोप आउने भएको छ ।

नेपाल एयरलायन्सकै जहाजले चीनको प्रान्तीय शहर तियनजीनबाट आज बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने जानकारी उनले दिए । खोप लिएर  विहान ७ :४५ बजे जहाज त्यस तर्फ उडिसकेको छ ।

सरकारले चिनिया कम्पनी सिनोफार्मसंग नन् डिस्क्लोजेवल एग्रीमेन्ट गरी ६० लाख खोप खरीद गर्ने निर्णय गरेको थियो । खरीद गरिएको १६ लाख डोज आज बेलुकासम्म आइपुगेपछि बाँकी ४४ लाख पनि अगष्ट महिना भित्रै आइपुग्ने बताइएको छ ।