logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्जबाट चाँदीका गरगहनासहित एकजना पक्राउ


अंकुरण खबर
884
Shares

वीरगञ्जबाट  प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन् ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।