logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटालाई एमालेको दबाब : १४ सांसदलाई पदमुक्त गर्नुहोस्


अंकुरण खबर
650
Shares

एमालेले आफ्ना १४ सांसदलाई पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिएको छ ।

पार्टीले कारवाही गरेर उनीहरूलाई सांसदबाट पदमुक्त गराएको जानकारी संसद सचिवालयमा दर्ता गराएको तीन दिनसम्म सभामुखले सूचना प्रकाशित नगरेकामा एमालेले असन्तुष्टि जनाएको हो ।

एमालेले १ भदौमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई दलबाट निष्कासन गरेको सूचना संसद सचिवालयमा दर्ता गराएको थियो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतले बिहीबार सभामुख सापकोटालाई भेटेर उनीहरूको सांसद पद रिक्त भएको सूचना प्रकाशित गर्न दबाब दिएका हुन् । सभामुख सापकोटाले त्यससम्बन्धी निर्णय छिटो लिने आश्वासन दिएका छन् ।