logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपालको पार्टी दर्ता भएपछि मात्र मन्त्रिपरिषद विस्तार : प्रचण्ड


अंकुरण खबर
741
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालको नेकपा एमाले (समाजवादी) ले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

काठमाडौंमा समाजवादी केन्द्रद्वारा बिहीबार आयोजित अन्तक्रियामा प्रचण्डले त्यस्तो बताएका हुन् । ‘आज प्रधानमन्त्री देउवाजी, माधवजी र म बसेर गरेको छलफलबाट नयाँ दल सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ भन्ने सहमति भएको छ,’ उनले भने।

उनले यसअघि केपी ओली नेतृत्वको सरकारले र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) मा आकाश र जमिनको अन्तर रहेको जिकिर गरेका छन्।

अहिलेको सरकारले ल्याएको अध्यादेश गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि भएको उनले दाबी गरे।