नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले घटेको छ ।
नेप्से १८.१७ अंकले घटेर तीन हजार एक सय ८० दशमलब ८६ विन्दुमा थामिएको हो । आज २० अर्ब ४९ करोड ९२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९०६.१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
यो दिन प्रतिकित्ता रू. ५७ दशमलव ४० ले घटेर हाइड्रोइलेक्ट्रिसिटिको अन्तिम शेयरमूल्य रू. ५१६ दशमलव ६० र प्रतिकित्ता रू. ४९ ले घटेर खानीखोला हाइड्रोको अन्तिम शेयरमूल्य रू. ४४१ कायम भएको हो । त्यस्तै पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमुल्य यो दिन प्रतिकित्ता रू. ४६ दशमलव ५० ले घटेर अन्तिम मूल्य रू. ४०८ दशमलव ५० कायम भएको छ ।
यस्तै, कारोबारको आधारमा भने आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । उक्त कम्पनीको आज एक अर्ब १६ करोड भन्दा बढीको कारोबार भएको छ ।