logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले कर्कलाको पानी होइन, हावा चल्दैमा खसिहाल्ने : अध्यक्ष ओली


अंकुरण खबर
1.001K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपालको राजनीति निर्वाचन उन्मुख भएको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमाले र ओलीको नेतृत्वमा चुनाव भयो भने दुई तिहाइ बहुमत ल्याउने डरले आत्तिएकाहरुले अलोकतान्त्रिक गठबन्धन बनाएको दाबी गरे ।

तर अब आउने चुनाव एमालेको हुने उनको भनाइ थियो । भोट माग्न सबै दललाई छुट भए पनि अस्थिरताका मतियार, भ्रष्टाचार र अलोकतान्त्रिक दलहरुलाई जनताले भोट दिन्छन् भन्ने नसोचे हने ओलीको दाबी थियो ।

आफू नेतृत्वको सरकारको लोकप्रियता देखेर नेकपा एमालेलाई कमजोर बनाउन र ध्वस्त बनाउन शक्तिहरु लागिपरेको उनको भनाइ छ । ओली भने “एमाले कर्कलाको पानी होइन, हावा चल्दैमा खसिहाल्ने । सुखी नेपाली समृद्ध नेपालको सपना बोकेर अघि बढेको पार्टी हो । जेलनेल भोगेर अघि बढेका नेताहरुको पार्टी हो ।”

जहाँ नेपाली पुगेका छन् त्यहाँ नेकपा एमाले छन् भन्दै अध्यक्ष ओलीले २० प्रतिशत चोइटिदैमा एमालेलाई केही नहुने बताए । एक दुई दिनमा १० प्रतिशतमा सीमित हुने उनको भनाइ थियो ।