काठमाडौं उपत्यकामा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३९ जना, ललितपुरमा १२७ जना र भक्तपुरमा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालमा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको छ । आज देशभर २१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।