Breaking Newsअन्तर्वार्ता

पोस्ट कोभिडमा किन हुन्छ टाउको दुखाई र नसाको समस्या ? बच्न के गर्ने ?

कोभिड संक्रमणबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या धेरै छ । साथै कोभिड संक्रमण निको भए पछि (पोस्ट कोभिड)मा पनि केही व्यक्तिमा अन्य अंगमा समेत समस्या आउने गरेको देखिन्छ । यो समयमा माइग्रेन र नसाको समस्या पनि देखिने गरेको छ । पोस्ट कोभिडमा किन देखिन्छ माइग्रेन र नसाको समस्या ? समधान के ?  अंकुरण खबरका लागि नसा रोग विशेषज्ञ डा.अभिनाश चन्द्रसंग गरिएको कुराकानी

सर्वप्रथम त विश्वव्यापी समस्या बनेको कोभिडको संक्रमण तिब्र हुँदा यसबाट जोगिन हरसम्मभव प्रयास गर्नुपर्छ । अर्को कुरा कोभिड केही पनि हैन भन्ने हेलचक्राई, कोभिड संक्रमण भए मृत्यु भैहाल्ने त्रास र संक्रमण पछि परीक्षण गर्दा नेगेटिभ आए पछि अन्य कुनै समस्या आउँदैन भन्ने सोचाई परिवर्तन हुन जरुरी छ । यस्तै सोचाईका कारण पनि कोभिड संक्रमण हुँदा र संक्रमणमुक्त भैसके पछि अन्य लक्षणका साथै हेडेक र नसा सम्मबन्धी समस्या पनि धेरैमा देखिएको छ । तुलानात्मक रुपमा पहिले भन्दा अहिले दोस्रो लहरको संक्रमणमा पोष्ट कोभिडको समस्या बढी देखिएको छ । यसमा टाउको दुख्ने लगाएत नसा सम्बन्धि समस्या पनि  देखिएको छ ।

पोस्ट कोभिडमा टाउको दुखाई र नसाको समस्या धेरै

कोभिड संक्रमण हुँदा ज्वारो आउँने, श्वास फेर्न गाह्रो हुँने, स्वाद गन्ध हराउने, कमजोर हुने लगाएतका प्रमुख लक्षणमै पर्छ टाउँको दुखाई । संक्रमणका बेला दिमागसम्म आवश्यक अक्सिजन नपुग्न सक्छ । अन्य अंगका साथै रगतमा केही खराबी आउँन सक्छ जसका कारण टाउँको दुखाई र नसाको समस्या देखिन्छ ।

हुन त यी समस्याका बिरामी अन्य समयमा पनि धेरै हुन्छन् । यद्यपी कोरोना कालमा यस्ता बिरामी बढी देखिएका छन् । पोस्ट कोभिडले फोक्सोमा असर हुन्छ । साथै  शरीरको विभिन्न अङ्गलाई पनि असर पार्न सक्छ । नसामा खराबी आएकै कारण टाउको दुखाईको समस्या धेरैमा देखापर्ने विभिन्न अध्ययनले देखाएको छ । साथै रक्तसञ्चार अत्यधिक भएर मस्तिष्कमा रगत जमेर पक्षघातको समस्या आउन सक्छ । त्यस्तै रक्तसञ्चार कम भएर हुने स्ट्रोकको समस्या पनि हुन सक्छ । त्यस्तै अचानक बेहोस हुने, आँखा धमिलो हुने, एकपाखो हात खुट्टा लुलो भई प्यारालाइसिस अथवा पक्षाघात हुने, शरीर कम्पन हुने, हात खुट्टा झम्झमाउने लगाएतका लक्षण देखिनसक्छ ।

अर्को कुरा टाउको दुखाई या नसाको समस्या आए कोभिड संक्रमण या पोस्ट कोभिडको लक्षण मात्र भनेर बस्नु पनि हुदैन् । अन्य समस्याका कारण पनि यस्तो समस्या हुनसक्छ । जसको बेलैमा उपचार नपाए ज्यान जान पनि सक्छ ।

पोस्ट कोभिडका लक्षणलाई वेवास्था गरे ज्यान जानसक्छ 

पोस्ट कोभिडले टाउँको दुखाई, हातखुट्टा झम्झमाउने,दृष्टिमा समस्याका साथै अन्य कुनै पनि समस्या आए आफुखुसी औषधि सेवन गर्नु हुदैन । । यसले मस्तिष्कमा रगत जम्ने या रगत कम हुने लगाएताका समस्या निम्ताउन सक्छ । जसका कारण समयमै उचित उपचार नपाए मानिसको ज्याननै जान सक्छ । यस्ता लक्षण देखिएमा विशेषज्ञ चिकित्सकसँग परीक्षण गराई थप समस्या आउनबाट जोगिनु पर्छ ।

Comment here