logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
598
Shares

मनसुनी वायुको प्रभावले आज देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विमान विमागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान वर्षा भइरहेको छ।

आज दिउँसो धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर बदली रही  प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ। भारी वर्षासँगै देशका अधिकांश स्थानमा बाढी तथा पहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।