logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतमा १३ दिन देखि भोक हडतालमा रहेका भुपू गार्खाहरुले अनसन तोडे


अंकुरण खबर
819
Shares

असमान पेन्सनको विरोधमा बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिट अगाडि विगत १३ दिनदेखि आमरण अनसनमा रहेका भुपू गोर्खाहरुले अनसन तोडेका छन।

बेलायत सरकार र अनशनरत पक्षवीच सहमति भएपछि आज लण्डनस्थित नेपाली दूतावासका राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुल पिलाएर अनशन तोडिएको हो।

भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।

नेपालीहरुको अनशनप्रति बेलायतमा रहेका थुप्रै संघसंस्था, भेट्रानहरुको व्यापक समर्थन रहेको थियो।

२१ जुलाई बाट १७ दिनसम्म रिले अनशन बसेका उनीहरुको माग सम्बोधनमा बेलायत सरकारले तदारुकता नदेखाएको कारण ७ अगष्टबाट उनीहरुले भोक हड्ताल बसेका थिए।

उनीहरुको स्वास्थ्यस्थिती जटिल बन्दै गएपछि सरकारमाथि थप दबाब सिर्जना भएको थियो। १९९७ भन्दा पहिले रिटायर भएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन्।