logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त


अंकुरण खबर
1.248K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा शर्मा प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरी राष्ट्रपतिले शर्मालाई नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट हुन् । नेपाल प्रधानमन्त्री हुँदा शर्मा प्रमुख स्वकीय सचिव थिए ।