बागमती प्रदेश सरकारले भदौ ७ गते प्रदेशभरि बिदा दिने निर्णय गरेको छ।
शुक्रबार प्रदेश राजपत्रमा सूचना प्रकाशित प्रदेशले गाईजात्राको दिन प्रदेशभरि बिदा दिने निर्णय गरेको हो।
यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राका अवसरमा देशभरिका नेवार समुदायलाई बिदा दिने निर्णय गरेको थियो।
काठमाडौं उपत्यकामा भने यसअघि नै गाईजात्राको दिन सार्वजनिक बिदा हुने गरेको थियो।
