logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा ३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु


अंकुरण खबर
897
Shares

पछिल्लो २४ घन्टामा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

१० हजार ५ सय ३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ जना र ७ हजार १ सय २४ जनाको एन्टिजेन परीक्षणमा ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको छ ।

शुक्रबार २ हजार २ सय ४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण २६ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ९ सय २२ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ८७ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका सक्रिय संक्रमितमध्ये ७ सय १४ जनाको आइसियु र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ ।