आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा पानी परिरहेको छ । अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिनभरीनै अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने छ । केही दिनदेखि वर्षा भैरहेकाले पहाडी भूभागमा पहिरो र तटीय क्षेत्रमा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति १ नम्बर प्रदेश, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।