पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन्
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय २१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा छन् ।
हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ भने संक्रमणका कारण ४ सय ८५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना गरि ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।