logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जितपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु


अंकुरण खबर
702
Shares

जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

शनिबार राति १० बजे दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा दुवै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साहको ज्यान गएको हो ।

यस्तै मोटरसाइकलको पछाडि सवार ३५ वर्षीया सुनैना देवी साहको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।