मोरङको उर्लाबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा शनिबार साँझ उर्लाबारी–१ का ३१ वर्षीय विष्णु जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिद्युतको प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा जोगीको घट्ना स्थलमै मृत्यु भएको हो ।
माछा मार्न विष्णुसँगै उर्लाबारी–१ का २८ वर्षीय लालबहादुर जोगी र मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५० वर्षीय मिलन राई पनि गएका थिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।