नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बैठक बसिरहेको हो ।
बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने बताइएको छ ।
शनिबारको बैठकमा पनि पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारी लगायतका लगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।