लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर चार जनाको मृत्यु भएको छ ।
रुकुम (पश्चिम) मा दुई जनाको , नवलपरासी (पश्चिम) र रुपन्देहीमा एक एक जना सहित चार जनाको पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले सम्प्रेषण गरेको सूचना अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ९/७ स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–१ सल्ले बस्ने २१ वर्षीय भीम बहादुर थापा र १७ वर्षीय प्रेम बहादुर थापाको मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीको सैन मैना नगरपालिका–३ पश्चिम गंगानगर घमाह खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–२ कालिकाचोक बस्ने १७ वर्षीय अनिल गैरेको मृत्यु भएको छ ।
उता नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ कुईया बस्ने ३५ वर्षीय पशुपति चौधरी सोही नगरपालिका पण्डितपुरस्थित पोखरीमा शव डुबेको अवस्थामा शनिबार फेला परेको छ ।