logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौँडाबाट अपहरणमा परेका दुई युवा भारतमा फेला


अंकुरण खबर
1.131K
Shares

तीन दिन पहिले हेटौँडाबाट अपहरणमा परेका दुई युवालाई प्रहरीले भारतमा फेला पारेको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ का २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगरलाई शनिबार राति फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ।

भदौ ३ गतेदेखि उनीहरु हराइरहेका थिए। शनिबार राति भारतीय प्रहरीको सहयोगमा मोतिहारीमा फेला पारेको मकवानपुरका डीएसपी जयश्वर रिमालले बताए।

अपहरणमुक्त युवालाई आइतबार मकवानपुर ल्याइएको छ। उनीहरुलाई भारतीय नागरिकले अपहरण गरेको र ५ लाख भारु फिरौती माग गरेको डीएसपी रिमालले बताए।

उद्धार गरिएका युवालाई आफन्तको जिम्मा लगाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अपहरणमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन।