पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९४४३ पीसीआर परीक्षणमा १७०२ र ३०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२४८ रहेको छ । त्यस्तै संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।