logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ


अंकुरण खबर
663
Shares

कैलालीको कैलारी गाउँपालिका–७ बाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरी छन् ।

शनिबार राति चौधरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको सूचना पाएपछि सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।