झापाको कन्काई नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।
मृत्यु हुनेमा कन्काई नगरपालिका–१ का ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना रहेका छन्। उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए ।
मृतकका आफन्त र छिमेकका अनुसार उनीहरु कोरोना संक्रमित रहेको जनाए पनि एकिन भैनसकेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी भट्टराईको भनाइ छ ।