logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मानुषी लघुवित्तको आईपी‌ओ बाँडफाँट


अंकुरण खबर
793
Shares

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ सोमबार बिहान बाँडफाँट भएको छ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको छ। कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १० कित्ता र तीन जनाले ११–११ कित्ता शेयर पाएका छन्।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा तीन करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो। त्यसमध्ये कर्मचारीहरुका लागि पाँच हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता शेयर भने सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो।

मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ।