इलामको रोङ गाऊपालिका ६ सलकपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईन जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागी लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।