logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वली र शाहीलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी


अंकुरण खबर
1.274K
Shares

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेको छ ।

आफूहरुले कारवाही गरेका सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

सूर्य चिह्नबाट चुनाव लडेका सांसदद्वयलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेको थियो । तर प्रदेशसभा सचिवालयले कारवाही गर्नु नपर्ने बताएपछि लुम्बिनी एमाले आक्रोशित भएको छ ।

लुम्बिनी एमालेले कारवाही गरेका सांसद वली र शाहीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान लिएको छ ।

नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला विपक्षी एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएपछि प्रक्रिया नै अवरुद्ध भएको छ।

एमालेको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ।