logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१० बूँदे कार्यान्वयनमा ओली सहमत, मंगलबार स्थायी कमिटी बैठक बस्ने


अंकुरण खबर
845
Shares

नेकपा एमालेले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।

सोमबार पार्टी एकताको पक्षमा रहेका मध्यमार्गीधारका नेताहरुसँगको छलफलपछि अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

ओलीसँगको भेटमा १० बूँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेताहरुले छलफल गरेका थिए । छलफलपछि १० बूँदे पालना गर्न ओली सहमत भएको र त्यसलाई कार्यान्वयनको प्रक्रियामा लैजान मंगलबार स्थायी कमिटी बोलाइएको ओली निकट एक नेताले बताए ।

भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई मंगलबारसम्मको अल्टिमेटम दिएका थिए ।

अल्टिमेटम सकिन एकदिन अगाडि सोमबार ओली निवासमा पुगेर नेताहरुले छलफल गरेपछि ओली १० बुँदे कार्यान्वयनका लागि तयार भएको ती नेताले दाबी गरे ।