logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएकालाई पोलियो खोप दिइने


अंकुरण खबर
910
Shares

सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका सबैलाई पोलियो खोप (थोपा) खुवाउने भएको छ ।

अफगानिस्तानबाट उद्धार गरी ल्याइएका र अब ल्याउने सबैलाई पोलियो खोप खुवाउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

अफगानिस्तान पोलियो रोगको जोखिमयुक्त क्षेत्र भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) अन्तर्गत इन्टरनेशनल हेल्थ रेगुलेशन (आईएचआर) को सिफारिसअनुसार खोप दिन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अब आउनेहरूलाई होल्डिङ स्थलमै र घर गइसकेकाहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा खोप दिने विभागले जनाएको छ ।

नेपालमा अहिले पाँच वर्षमुनिका बालबालिकालाई मात्रै पोलियो खोप खुवाइँदै आइएको छ । अफगानिस्तानबाट फर्किएका भने सबै उमेर समूहकालाई खाप दिइने विभागले जनाएको छ ।

भारतले पनि अफगानिस्तानबाट फर्किएकाहरूलाई हिजो आइतबारदेखि पोलियोविरुद्धको खोप खुवाउन थालेको थियो ।