logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत


अंकुरण खबर
793
Shares

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभामा केसीले गरेको विश्वासको मतको पक्षमा ४२ मत परेको हो ।

प्रदेशसभामा मुख्य विपक्षी दल एमालेका सांसद उपस्थित नभएका कारण विपक्षमा शून्य मत परेको छ । एक सांसद तटस्थ बसेका छन् ।

लुम्बिनीका चार दलको समर्थनमा केसी २८ साउनमा मुख्यमन्त्री बनेका थिए । उनको सोमबार विश्वासको मत लिने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशित गरेको थियो ।

सोमबार अपराह्न बसेको प्रदेशसभा बैठक एमालेले अवरुद्ध गरेको थियो भने दोस्रो बैठकमा एमाले सांसदहरू अनुपस्थित रहेका थिए । तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् ।