logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ


अंकुरण खबर
936
Shares

कुटपिट गरी बुबाको हत्या गरेको आरोपमा रोल्पामा एकजना पक्राउ परेका छन्।

आफ्नै बुबा ६० वर्षीय लछिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेकबहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झैझगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी पोस्ट बुढागाउँ र इलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।