logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना,सतर्कता अप्नाउन महाशाखाको आग्रह


अंकुरण खबर
949
Shares

आज देशभर बदली रही धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जानए अनुसार आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने छ ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

अहले देशभर बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमलगायत प्रदेशका केही स्थानमा पानी परिरहेको छ । राती पनि मौसम यस्तै रहने छ ।

केहि दिनदेखी मौसम सक्रिय रहेका कारण बाढी पहिरोको खतरा रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ । मौसम अझै केहि दिन यस्तै रहने महाशाखाले जनाएको छ ।