कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा पुनः थप्ने तयारी गरिएको छ ।
पछिल्लो पटक साउन २८ थपिएको निषेधाज्ञाको समयसीमा मंगलबार मध्यरातिदेखि सकिँदैछ। तर, कोरोना संक्रमण अझै नघटेकाले निषेधाज्ञाको समय पुनः बढाउने तयारी गरिएको हो ।
अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न मंगलबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।
चाडपर्वको समय भएकाले भीडभाड बढ्ने र त्यसले संक्रमण झनै बढाउने भएकोले निषेधाज्ञा फेरि थप गर्ने प्रशासनको तयारी छ। तर अब निषेधाज्ञाको मोडालिटी कस्तो हुने भन्नेबारे भने कुनै निर्णय भएको छैन ।
विशेषज्ञहरुले कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले कडा निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा अझै पनि २२ जिल्ला संक्रमणको रेडजोनमा रहेका छन् । ती जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय बढी रहेका छन् ।