भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
अन्य परीक्षाहरु भइरहेको अवस्थामा कक्षा १२ को परीक्षा गराउन समितिकी सभापति जयपुरी घर्तीले निर्देशन दिएकी हुन् । बैठकमा समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।
कोरोना संक्रमण जोखिमका कारण यो भन्दा अगाडी दुइपटक परीक्षा स्थगित भएको थियो ।