logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा भदौ १६ सम्म निषेधाज्ञा थप, साँझ ८ बजेपछि सवारी साधन चलाउने पाइने


अंकुरण खबर
2.522K
Shares

कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्मका लागि थपिएको छ ।

काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

थप निषेधाज्ञा अवधिमा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

उनका अनुसार राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ ।