logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु


अंकुरण खबर
1.274K
Shares

कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ।

गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए।

ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।