logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु


अंकुरण खबर
1.391K
Shares

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार २० र चार हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर दुई हजार ८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ३५ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार १४५ होम आइसोलेसनमा रहेका छन्।