logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि धेरै स्थानमा भारी वर्षा हुने, यस्तो रहने छ तीन दिनको मौसम पूर्वानुमान


अंकुरण खबर
780
Shares

आज देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ ।

अहिले देशभर बदली रही प्रदेश १, २, बागमती र गण्डकीलगायत प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ । गण्डकी र लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने छ ।

त्यस्तै शुक्रबार धेरै स्थानमा पानी पर्नेछ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने तथा प्रदेश १, बागमती र सुदूरपश्चिमका एकरदुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।

केहि दिनदेखि लगातार परेको वर्षाका कारण बाढी पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ ।