प्रस्तावित नेकपा एकिकृत समाजवादी पार्टीका नेताहरु दर्ता सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् ।
एकिकृत समाजवादीका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरी रिसोर्टबाट सिधै निर्वाचन आयोग पुगेका हुन् ।
निर्वाचन आयोगले आज साढे ११ बजेदेखि २ बजेसम्म सनाखत गर्ने समय दिएको छ । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।