नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुनको मूल्य पनि तोलाको ९० हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।