logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना : १८ जना घाइते, दुई बेपत्ता


अंकुरण खबर
1.118K
Shares

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् भने दुई जना हराईरहेका छन् ।

ठोकर्पाबाट काठमाडौंका लागि छुटेको बस बुधबार बिहान ११ः३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बीस मिटर तल बस झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परेको बसमा २० जना यात्रु रहेको १५ जना घाइतेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइ रहेको छ ।

बाँकी दुई जना हराईरहेका छन् । उनीहरु दुई जनाको गाडीमा च्यापिएको हुनसक्ने प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।