काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने भएको छ ।
कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।
खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने उनले बताए । भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख खड्काको भनाइ छ ।
तर, यस पटक भने दोस्रो मात्रा लगाउन विद्युतीय दर्ता नम्बर अनिवार्य आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो खोप लगाएको कार्ड र विद्युतीय दर्ता नम्बर अथवा फाटोसहित विद्युतीय दर्ता नम्बर ल्याएमा मात्रै खोप लगाउन सकिने भन्दै कार्यालयले विज्ञप्ति जारी गरेको छ ।

