logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा लागूऔषध सहित एक जना पक्राउ


अंकुरण खबर
910
Shares

मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेका छन् ।

मंगलबार बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।