logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा आज पनि पहिरो, सबै समूहको शेयर ओरालो


अंकुरण खबर
858
Shares

शेयर बजार आज पनि घटेर राताम्मे भएको छ । मंगलबार ५६ अङ्कले घटेको नेप्से बुधबार ४८ दशमलव ४२ अङ्कले घटेर तीन हजार ७६ दशमलव ४४ विन्दुमा झरेको हो ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर साढे २९ अङ्कले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अङ्कले घटेको छ ।

यस्तै फाइनान्सको २१, माइक्रोफाइनान्सको ५७, जीवन बीमा समूहको तीन सय ५४, निर्जीवन बीमा समूहको चार सय २२ अङ्कले, उत्पादनको एक सय ६२ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै खानीखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि जीवन विकास लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २७ कम्पनीका एक करोड ९५ लाख ९९ हजार कित्ता शेयर १२ अर्ब नौ करोड रुपैयाँमा किनबेच भएका छन्  । सबैभन्दा धेरै अरुण काबेली हाइड्रोपावरको ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।