logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा २४८२ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु


अंकुरण खबर
1.04K
Shares

पछिल्लो २४ घण्टामा देशभर २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १८६२ र एन्टीजेनमा ६२० गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

गत २४ घण्टामा ९७११ पीसीआर र  ५५७९ एन्टीजेन परीक्षण भएका छन ।

मन्त्रालयका अनुसार सोही समयमा एक हजार ७८१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ ।