logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक


अंकुरण खबर
975
Shares

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

एमाले विभाजन भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। आज मध्याह्न १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

उनका अनुसार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचन आयोगले बुधबार दल दर्ताको प्रमाणपत्र दिएको छ।

एमाले विभाजन भएपछि पार्टीमा पर्ने प्रभावका विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने जनाइएको छ।