logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा राजीनामा, संसदीय दलको नेतामा भीम आचार्य चयन


अंकुरण खबर
845
Shares

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन्।

राईकै प्रस्तावमा एमाले प्रदेश नं. १ का संसदीय दलका नेतामा भीम आचार्यलाई चयन गरेपछि राईले पदबाट राजीनामा दिएका हुन्।

बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।

राईले राजीनामा दिएपछि भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनेछ ।

बिहान ९ बजे बस्ने भनिएको संसदीय दलको बैठक शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलो भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो ।