logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त मुख्यमन्त्री आचार्यका भाइ आफ्नै कोठामा मृत फेला


अंकुरण खबर
1.209K
Shares

नवनियुक्त मुख्यमन्त्री आचार्यका भाइ रामप्रसाद आचार्य घरमै मृत भेटिएका छन्।

५९ वर्षीय रामप्रसाद आचार्य आज (बिहीबार) बिहान इनवरुवा नगरपालिका-३ स्थित घरमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले जनाएको छ।

कोठामा भित्रबाट चुकुल लगाइएको अवस्थामा उनी मृत भेटिएको पाइएको प्रहरी स्रोतको भनाइ छ।

उनी मानसिक समस्याले पीडित रहेको र घरमा एक्लै बस्दै आएको जनाइएको छ।