जनवादी गायक जेबी टुहुरेको निधन भएको छ ।
टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार काठमाडौंको बयोधा अस्पतालमा निधन भएको हो । उनी तीन दिन अघिदेखि अस्पतालमा उपचाररत थिए ।
गत मंगलबार कलंकीस्थित घरमा लडेपछि उनलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । जनवादी, प्रगतिशिल र क्रान्तिकारी गायकको छवि बनाएका उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ ।
जेबीले गाएको गीत ‘आमा दिदी बहिनी हो’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लोकप्रिय छ ।