logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ


अंकुरण खबर
1.482K
Shares

युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुषसमेत ६ जनालाई वर्किङ भिसामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रतिव्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।