जल तथा मौसम पूर्वानुमान विभागले अबको तीन दिनसम्म मुशलधारे वर्षा हुनसक्ने बताएको छ ।
विभागले आज (बिहीबार) जारी गरेको विज्ञप्ति अनुसार आज बिहीवारदेखि शनिवारसम्म तीन दिन मुशलधारे वर्षा हुने बताएको हो ।
विभागले जारी गरेको विज्ञप्तिमा आज (बिहीबार)देखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन मुशलधारे वर्षा हुने विभागले विज्ञप्तिमा जनाएको छ ।
विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित मुशलधारे वर्षा हुने बताएको छ ।
